माथिल्लो तामाकोसी सुरुङ मार्गबाट दोहोरो सवारी साधन चलाउन सकिने गरी बुधबार ब्रेक थ्रु (सम्पन्न) भएको छ ।
माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनीले सञ्चालन गरेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय केन्द्रसम्म मोटर पुर्याउन उक्त सडक निर्माण गरिएको हो । उक्त सुरुङ निर्माण पाँच महिनामा पूरा गरेको हो । सुरुङ मार्ग नेपाल–चीन जोड्ने सबैभन्दा छोटो मार्ग हुन सक्ने गरी बनाइएको छ ।
तिब्बत जोडिने योजनाको लामाबगरस्थित सडकको ३ सय ३७ मिटर लामो सुरुङ मार्गको ब्रेकथ्रु भएपछि मोटर लामाबगरसम्म सहजै पुग्ने भएको छ । ‘एक महिना कामले गति लिन सकेन,’ कम्पनीका प्रवक्ता गणेश न्यौपानेले भने, ‘लगभग चार महिनाको लगातार कामले सुरुङ मार्गको ब्रेक थु्र भयो ।’ उनले नेपालको यो पहिलो सुरुङ मार्ग भएको बताए । करिब ११ करोड ५० लाख रुपैयाँ खर्चमा निर्माण भएको सुरुङमा साना सवारी साधनहरू दोहोरो गुड्न सक्छन् । ठूला सवारीलाई भने ठाउँठाउँमा साइड दिनेगरी मिलाइएको छ । उक्त सडक मार्ग दोलखा सदरमुकाम चरिकोटबाट ५७ किलोमिटरमा चीनको सीमा क्षेत्रमा पर्छ । ०७२ साल वैशाखमा गएको भूकम्पले उक्त सडकमा क्षति पुर्याएपछि आयोजनाले सुरुङ मार्ग निर्माण गरेको हो ।
आयोजनाले जलाशय केन्द्रबाट चीन जोड्नका लागि पनि करिब ६ सय मिटरको अर्को सुरुङ मार्ग बनाउने योजना अघि सारेको छ । त्यहाँबाट चीन जोडन करिब ३० किलोमिटर सडक आवश्यक पर्छ ।
समाचार श्रोत कन्तिपुर

No comments:
Post a Comment