Wednesday, March 27, 2019

Saturday, June 30, 2018

अनसन बस्न जुम्ला पुगेका डा. केसी पक्राउ

१६ असार, काठमाडौं । आमरण अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले शनिबार दिउँसो डा. केसीलाई पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका राख्दै डा. केसीले १५ असारदेखि आमरण अनसन बस्ने बताएका थिए । कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न भन्दै उनी जुम्ला पुगेका थिए ।
तर, स्थानीय प्रशासनले शुक्रबार मात्र प्रतिष्ठान र असपासका २०० मिटर लाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
डा. केसीले भने प्रतिष्ठानमै अनसन बस्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।

Sunday, July 30, 2017

फेसबुकमा शेरे नामले चर्चित यी व्यक्ति को हुन् ? यस्तो छ उनको बास्तबिक नाम र ठेगाना


एजेन्सी – सामाजिक संजालमा श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइृट) स्केचमा देखिने एक पात्र निकै चर्चित छन् । नेपालमा यी व्यक्तिलाई ‘शेरे’ बनाउँदै हाँस्यव्यंग्यमा खुवै प्रयोग गरिन्छ । तर, यी को हुन् भन्ने विषयमा भने हामीलाई जानकारी नहुन पनि सक्छ ।
स्केच देखिने यि व्यक्ति चिनियाँ खेलाडी हुन् । उनी चीनका चर्चित बास्केटबल खेलाडी याओ मिङ हुन् । २००२ मा चिनको राष्ट्रिय टीमबाट बास्केटबल खेल्न सुरु गरेका उनी ७ फिट ६ इन्च अग्ला मिङ यहि स्केचबाट विश्वभर चर्चित छन् । १८ वर्षको उमेमा बास्केटबलबाट खेल जीवन सुरु गरेका उनले यो स्केचको अवधारणा उनको एक पत्रकार सम्मेलनबाट निस्केको हो ।

पत्रकार सम्मेलनमा प्रश्न हाँसेर उत्तर दिँदै गर्दा उनले यस्तो मुहार बनाएका थिए, जुन सन् २००९ मे महिनामा भएको खेलपछिको पत्रकार सम्मेलनको कुरा हो । पहिलोपटक उनको स्केच बनाएर एकजना चित्रकारले व्यङ्ग्यमा प्रयोग गरेका थिए, त्यसपछि उनको तस्बिर व्यङ्ग्यमा सर्वत्र देखिन थाल्यो ।

Friday, July 28, 2017

७ लाख रकमसहित सर्लाहीका जिशिअ पक्राउ


काठमाडौं, १३ साउन — चितवन प्रहरीले सर्लाहीका जिल्ला शिक्षा अधिकारीलाई झण्डै सात लाख नगदसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास (महोत्तरी) कार्यालयको सूचनाको आधारमा चितवन प्रहरीले जिशिअ होमनाथ सुबेदीलाई ६ लाख ९५ हजार नगदसहित शुक्रबार पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको बोलेरो जिपमा चितवन जाँदै गर्दा दिउँसो उनलाई लोथरमा चकजाँचको क्रममा सो रकम भेटिएपछि पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । 
सुवेदीले विभिन्न व्यक्तिहरुबाट अवैध असुली गरेको आरोप लागेको छ । उनी चितवन भरतपुर महानगरपालिकाका स्थायी बासिन्दा हुन् भने उनले सो रकम गाडीको सिटमुनी लुकाएको अवस्थामा भेटिएको बताइएको छ । 

चितवन प्रहरी प्रमुख दीपक थापाले पक्राउ पछि जिशिअ सुबेदीलाई थप अनुसन्धानको लागि अख्तियारको जिम्मा लगाइएको बताए । 
             यो खबर लोकान्तर बाट साभार गरीएको हो

एक किलो अवैध सुनसहित दुईजना पक्राउ


रौतहट, साउन १४ – रौतहट प्रहरीले एक किलो अवैध सुनसहित दुईजनालाई पक्राउ गरेको छ । वीरेन्द्र राजमार्ग अन्तर्गत बम नहरबाट शुक्रबार ४६ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको सुनसहित दुईजनालाई पक्राउ गरिएको हो । 
पक्राउ पर्नेमा गौर नगरपालिका–५ का २४ वर्षीय दिनानाथ गुप्ता र वडा नम्बर ७ का २१ सरोज राय यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो । 
काठमाडौंबाट गौरतर्फ आउँदै गरेकोे भारतीय नम्बरको गाडीमा ठूलो परिमाणको सुन रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उक्त सुन बरामद भएको उपरीक्षक पोखरेलले बताउनुभयो । 
पक्राउ गरिएको पहेलो धातु नेपाल सुनचाँदी व्यवसायी संघ रौतहटले परीक्षण गरेपछि सो धातु सुन नै भएको प्रमाणित गरे पछि उक्त सुन आन्तरिक राजस्व कार्यालय पथलैयालाइ बुझाइएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । 
अभियुक्तहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको टाटा स्पेसिओ गोल्ड गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

प्रधानमन्त्रीद्धारा फाष्ट ट्र्याकको शिलान्यास गर्दै, ४ वर्षमा पूरा हुने, लागत कति ?


काठमाडौं, जेठ १४—मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा हेरिएका राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक चर्चामा रहेको काठमाडौं–तराई– मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणलाई अव तीव्र गतिमा अघि बढाइने भएको छ।
काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दुरीको उक्त द्रुतमार्ग नेपाली सेनाले आगामी ४ वर्षमा पूरा गर्ने अठोटका साथ निर्माणकार्य सुरु गरेको छ।द्रुतमार्ग निर्माण गर्न कसलाई दिने भन्ने विषयमा प्रमुख राजनीतिक दलबीच निकै ठूलो विवाद र बहसपछि सरकारले नेपाली सेनालाई उक्त सडक निर्माणको जिम्मेवारी सुम्पिएको हो। सो सडक निर्माण गर्न ठेक्का दिने विषयलाई राजनीतिक दलहरुले राष्ट्रियताको मुद्दासँग पनि जोडेर हेर्दै आएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बाराको निजगढको सुरु विन्दुमा विधिवत् शिलान्यास गरेपछि औपचारिक निर्माण सुरु हुने उक्त राजमार्गको निर्माणलागत रु एक खर्ब १२ अर्ब अनुमान गरिएको छ।
ललितपुरको खोकनाबाट सुरु  भई बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिने उक्त द्रुतमार्गको ट्र्याक खोल्ने जिम्मा सरकारले नेपाली सेनालाई २०६६ मा दिएको थियो।सेनाले उक्त मार्गको ट्र्याक खोल्ने काममा स्थानीय जनतालाई उच्च प्राथमिकताका साथ संलग्न गराइ उनीहरुलाई फाइदा पुग्ने खाले आयमूलक कार्यक्रम समेत सञ्चालन गरेको थियो। सेनाले उक्त मार्गको ट्र्याक खोल्ने काम २०७० सालको प्रारम्भमै पूरा गरेको थियो।
यसअघि उक्त सडक निजी साझेदारी अवधारणामा निर्माण गर्न खोजिएको थियो। निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलले यो सडकको महत्वलाई अझ उजागर गर्ने छ। उक्त राजमार्गमा साना ठूला गरी १०० को हाराहारीमा पुल निर्माण गरिने छ। द्रुतमार्गमा निर्माण हुने पुलको लम्बाइ मात्र जोड्दा पनि नौ किलो मिटर भन्दा बढी हुने सहायकरथी एवम् विकास निर्माण निर्देशक उद्धव विष्टले जानकारी दिए।
त्यस्तै मकवानपुरको ठिङगनमा १.४ किलोमिटर लामो सुरुङ निर्माण हुने छ। उनले भने, ‘आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको पनि सहयोग लिएर सडक निर्माणलाई तीव्रता दिइने छ।’
यो राजमार्गको निर्माणपछि तराई–मधेसबाट राजधानी आउन दिनभर खर्चनुपर्ने समय घटेर डेढ घन्टामा सीमित हुने अपेक्षा गरिएको छ। द्रुतमार्ग निर्माणपछि राजधानीलगायतका क्षेत्रमा ल्याइने पेट्रोलियम पदार्थको ढुवानीमा मात्र खर्च हुँदै आएको रकममा वार्षिक रुपमा रु १० अर्ब बचत हुने विश्वास गरिएको छ।
नेपाली सेनाले निर्माण गरेका सडक व्यवस्थित, राजनीतिक हस्तक्षेप कम हुने तथा दीगो र कम खर्चमा छिटो निर्माण हुने निष्कर्षसहित सरकारले द्रुतमार्ग जस्तो महत्वकाक्षी आयोजना सेनालाई जिम्मा दिएको हो।
दायाँबायाँ ५० मिटर दिएर जग्गा अधिग्रहण गरिएको २२ मिटर चौडाइ हुने उक्त राजमार्ग चार लेनको हुने उक्त राजमार्गको निर्माणले नेपालको वृहत्तर विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। रासस

Sunday, July 16, 2017

खुट्टा फर्किनुका कारण र रोकथामका उपाय

            खुट्टा फर्किनुका कारण र रोकथामका उपाय
खुट्टाको तिघ्रानिर वा पिँडौँलाको मासु पल्टनुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ। यसमा अत्यन्त कडा दुखाइ हुन्छ। प्रायः राति खुट्टा पल्टिने गदर्छ। एक्कासी तिघ्रा र पिँडौलाको मासु खुम्चिन गई राति अथवा आराम गरेको बेला खुट्टा पल्टिन्छ। तिघ्राबाहेक खुट्टाको पैताला तथा शरीरका अन्य भाग पनि बाउँडिने गर्छ। यो समस्या अधिकांश मानिसले भोग्ने गरेका हुन्छन्।

पल्टिएको ठाँउमा मासुको डल्लो जम्मा हुनुका साथै दुखाइको महसुस हुन्छ। तिघ्राको मासु पल्टने अवधि केहि समयदेखि धेरै मिनेटसम्म हुने गर्छ। दुखाइ कम भएपछि एकैठाउँ डल्लो परेको मासु ठिक ठाउँमा आउन केही समय लग्छ। सबै उमेरका मनिसमा यो समस्या देखिने भए पनि प्रायः अधवैँसे तथा बुढाबुढीलाई बढी हुने गर्छ।
खुट्टा फर्किने वा बाउँडिने समस्याको यकिन कारण भने छैन। विविन्न कारणले गर्दा यस्तो समस्या देखापर्छ।

१. पोषक तत्वको अभाव
पोषक तत्वहरू (जस्तैः सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम आदि) शरीरलाई आवश्यक मात्रामा उपलब्ध नहुँदा मासु पल्टिने गर्छ। यी पोषक तत्वहरूले स्नायुको सन्देश लैजान, मासु खुम्चाउन तथा मासुको कार्य राम्रोसँग गर्न सहयोग गर्छन्।
सोडियममा सकारात्मक आयोन हुन्छ जसले गर्दा स्नायुको सन्देश लैजान र मासु खुम्च्याउन सहयोग गर्छ भने क्याल्सियमले मासु खुम्च्याउन र स्नायु सन्देश निकाल्न सहयोग गर्छ। पोटासियमले सोडियम र क्लोराइडसँग मिलेर विद्युतीय सन्देश निकाल्न स्नायु र मासुलाई सहयोग गर्छ। त्यस्तै म्याग्नेसियमले मासु खुम्चँदा चाहिने शक्तिमा स्थिरता ल्याउन सहयोग पर्‍याउँछ। त्यस्तै शरीरमा भिटामिन बि १२ को कमि हुँदा पनि राति खुट्टा पल्टिन्छ।

२. लामो समयसम्म उभिँदा

कडा ठाँउमा लामो समयसम्म उभिँदा, अग्ला हिल लगाउँदा र खुट्टामा नमिलेको जुत्ता लगाउँदा मासु थाक्न गई खुटृा पल्टिने हुन्छ। सन् २०१२ मा इर्गोनमिक्समा प्रकाशित एक अध्ययन अनुसार लामो समयसम्म उभिनु खुटृा पल्टनुको एउटा महत्वपुर्ण कारण हो। उक्त अध्ययनले यस्तो समस्या भएमा रोकथामका लागि लामो समयसम्म नउभिन सुझव दिएको छ। साथै अप्ठेरो गरेर बस्ने र अप्ठेरो गरेर सुत्ने बानीले पनि खुटृा पल्टन सघाउँछ।
३ .  जलवियोनन
शरीरमा प्रयाप्त मात्रामा तरल पदार्थ हुँदा यसले शरीर तथा दिमागलाई स्वस्थ बनाउन सहयोग गर्छ। यसले हाम्रो शरीरको मासुलाई पनि राम्रोसँग काम गर्न सहयोग पुर्‍याउँछ। हाम्रो शरीरको मासु ७५ प्रतिशत जति पानीले बनेको हुन्छ। यसले मासुलाई खुम्चन र खुल्न सहयोग गर्छ। यदि शरीरमा पानीको मात्रा कम भएमा खुटृा पल्टने सम्भावना बढी हुन्छ। केही जलवियोजनका कारण पनि मासुको काम गर्ने क्षमतामा कमी हुन गई खुटृा बाउँडिने गर्छ।
#४ .  गर्भवती
गर्भवती महिलालाई पनि खुटृा पल्टने सम्भावना बढी हुन्छ। यस्तो समस्या गर्भवती भएको दोस्रो चौमासिकमा सुरू भई तेस्रो चौमासिकमा अन्त्य हुने गर्छ। गर्भवती अवस्थामा पाठेघरले नशा तथा रक्तनलीमा  चाप दिन खुट्टा पल्टिने हुन्छ।
यदि, गर्भवती अवस्थामा पटक-पटक मासु बाउँडिन्छ भने चाहिँ तुरून्त चिकित्सकको सल्लाहा लिनुपर्छ।
५ .  हाइपो थाइराइड
थाइराइड हर्मोनको कमीले अप्रत्यक्ष रूपमा खुटृा पल्टन सघाउँछ। थाइराइट हर्मोनको कमीले क्याल्सियम शोषण गर्न र प्रयोग गर्नमा असर पार्छ। क्याल्सियमको कमीले मासु कमजोर हुने, निदाउने र पल्टने हुन्छ। थाइराइड हर्मोन कम हुँदा मेटाबोलिजम पनि कम हुने गर्छ तसर्थ कसरत गर्दा उच्च मेटाबोलिजमको आवश्यकता पूर्ति हुन नसकेर खुटृा पल्टने गर्छ।
६. अनियन्त्रित मधुमेह
मधुमेहले पनि खुट्टा पल्टिन सहयोग गर्छ। मधुमेहका बिरामीमा यस्तो हुनु नशा खराब भएको लक्षण हो। यसलाई मेडिकल भाषामा ‘डाइबिटिज निउरोप्याथी’ भनिन्छ। यो अनियन्त्रित मधुमेहले ल्याउने जटिलता हो। यसमा खुट्टा झम्झमाउने, खुटृामा केहीले छोएको थाहा नपाउने र खुटृा पल्टिरहने हुन्छ।
रगतमा चिनीको मात्रा बढी हुँदा धेरै पिसाब लाग्ने हुँदा जलवियोजन हुन गएर पनि खुटृा पल्टने हुन सक्छ। यदि मधुमेहका रोगीले खुटृा पल्टेको महसुस गरेमा तुरून्त चिकित्सकको सल्लाहा लिनुपर्छ।
७. मध्यपानको प्रयोग
धेरै मध्यपानले हातखुटृाको नशा खराब गराउन सक्छ। यसलाई मेडिकल भाषामा अल्कोहोलिक न्युरोप्याथी भनिन्छ। खुटृा दुख्ने र पल्टने अल्कोहोलिक न्युरोप्याथीका प्रमुख लक्षण हुन्।
धेरै मध्यपान गर्दा धेरै पिसाब लाग्ने हुँदा जलवियोजन हुन गई खुटृा पल्टेको पनि हुन सक्छ।

८. केही औषधि
पिसाब लगाउने औषधि जसका कारण जलवियोजन हुन सक्छ र खुटृा फर्किने हुन्छ। त्यस्तै कोलेस्टेरोलको मात्रा कम गर्ने औषधि, एन्टिसाइकोटिक औषधि, स्टेरोयड र परिवार नयोजनको लागि खाने चक्की आदिले पनि मासु बाउँडिने र पल्टिने गर्छ।
यदि कुनै औषधिको प्रयोग गर्ने बित्तिकै अथवा केही समयपछि मासु पल्टने समस्या देखिन्छ भने चिकित्सको सल्लाह लिनु उपयुक्त हुन्छ।
                     रोकथामका उपाय
१. प्रसस्त पानी, फलफूलको रस र दालको रस पिउने।
२. धेरै मध्यपान, कफी र सोडा सेवन नगर्ने।
३. सुत्नुअघि खुट्टालाई तन्काउँदा यो समस्या कम हुन सक्छ। सुत्नुअघि १० मिनेट साइकल चलाउँदा पनि खुट्टा फर्किने समस्या रोकिन्छ।
४. लगातार लामो समय सम्म नउभिने। अप्ठ्यारो गरेर नबस्ने साथै अप्ठ्यारो गरेर नसुत्ने।
५. सुत्दा नरम ब्ल्याङकेट र नरम ओछ्यान प्रयोग गर्ने।
६. १० देखि १५ मिनेट मासु फर्किएको छ भने मसाज गराउने।
७. खुटृा पल्टेको समयमा हिँडने अथवा मज्जाले हाँस्ने। यसले दिमागमा खुम्चने र फुक्ने सन्देश प्रवाह हुने हुँदा छिटो सन्चो हुन्छ।
८. पल्टिएको ठाँउमा तातोले सेक्ने। तातोले खुम्चिएको मासु छिटो फुक्नलाई सहयोग गर्छ।
९. पोटासियम, क्याल्सियम र म्याग्नेसियम धेरै भएका खाने कुरा (फलफूल, गेडागुडी आदि) प्रशस्त खाने।
१०. पटक-पटक खुट्टा पल्टने समस्या दोहोरिए, तुरून्त चिकित्सकको सल्लाह लिने।

Saturday, July 15, 2017

हेर्दा हेर्दै काठमाडौँमा खाल्डोले राँगो समेत निल्यो – हेर्नुस आङ्गै सिरिङ्ग हुने तस्बिर

काठमाडौँ ३१ असार – राजधानी कामकाठमाडौँ सडकको अबस्था कस्तो छ भन्ने कुरा पछिल्लो दुई दिनको घटनाले छर्लङ्ग पारेको छ । राजधानीबासीले झेल्दै आएको सास्ती र यहाँको भौतिक संरचनाको दुरावस्था दुनियाले थाहा पायो । शुक्रबार नयाँ वर्षपार्क नजिकै सामाखुसीमा शुक्रबार ढलले स्कूलबाट फर्किदै गरेकी किसोरीलाई बगायो । बाटो काट्दै गर्दा एक्कासी ढलमा परेपछि उनलाई बगाएर करिब ३० मिटर तल पु¥याएको थियो । उनलाई अर्का एक जनाले किनाराबाट तानेर बचाएका हुन् । ती नानीलाई बगाउँदै गरेको भिडियो सुशिला मगरले संयोगले खिचिन सामाजिक सञ्जालमा भाइरल बन्यो । धेरै मूलधारकै मिडियाले पनि कभरेज गरे । ढलले बगाउने नानी थिइन् बृहस्पति विद्याश्रममा कक्षा ९ मा अध्ययनरत सत्या साप्कोटा अहिले उनी सकुशल छिन् ।

यी दुई घटना सेलाउन नपाउँदै चावहिलमा फेरी यस्तै अर्को घटना भएको छ । चावहिलमा खाल्डोमा परेर राँगो मरेको छ । खनिएको ढलमा परेर आइतबार राँगो मरेको हो । उक्त तस्बिरलाई नवराज पराजुलीले खिचेर फेसबुकमा राखेका छन् । बिस्तारै त्यो पनि फैलिरहेको छ । यी प्रतिनिधि घटनाले सरकार, यहाँको ब्यवस्थापन, जनप्रतिनिधि र तपाई हामीलाई निकै गिज्याइरहेको छ । राजधानीमा दैनिक जसो यस्ता धेरै घटना भैरहन्छन् तर धेरै बाहिर आउँदैनन् मिडियाका आखाँमा नेताका आँखामा र सरकारको चासोमा पर्दैनन् ।

राजधानीमा वर्षा हुनासाथ अधिकांश ठाउँमा ढल जाम भएर जलमग्न हुन्छ । यस्ता थुप्रै दुर्घटनाहरु बारम्बार हुने गरेका छन् तर सम्बन्धित निकाय कुनै चासो दिएको देखिदैन । राजधानीका मुख्य मुख्य पुतलीसडक, नयाँ बसपार्क, नयाँ बानेश्वर लगाएतका क्षेत्र मै ढल जाम भएर सर्वसाधरणले निकै सास्ती झेल्नु परेको छ ।


स्मार्ट सिटी देखि इ–ट्वाइटले र फ्रि वाइफाई, मानो रेल र मेट्रो रेल, केवुलकारका सपना बाँड्नेहरुले राजधानी कहिले राजधानी जस्तो बनाउलान् । जनताको सामान्य भन्दा पनि सामान्य समस्याहरु र मागहरु सम्बोधन कहिले गर्लान् । १०० दिन भित्र गर्न सकिने काम कहिले पूरा गर्लान् । करिब २ महिना त काठमाडौँले नयाँ जनप्रतिनिधि पाएको पनि समय भैसकेको छ ।

उनि हुन् स्विडेन बालिका लिया। उनी नेपाली बोल्छिन् र नेपालमै पढ्छिन् ।

                                        
                                 उनि हुन् स्विडेन बालिका लिया। उनी नेपाली बोल्छिन् र नेपालमै पढ्छिन् ।

चोरी औंलाबाट थाहा हुन्छ तपाईंको प्रगती हुन्छ कि हुँदैन !!

हाम्रो आसपासमा सबै मानिसका रुची फरक फरक हुन्छन् । मानिसहरु एक अर्काको स्वभाव र भाग्य थाहा पाउन उत्सुक हुन्छन् । हस्तरेखा शास्त्र अर्थात समुन्द्र शास्त्रका अनुसार मानिसको चोरी औंला हेरेर नै उसको नेतृत्व क्षमता कति छ र उ हाकिम बन्न सक्छ कि सक्दैन भनेर ।
चोरी औंलाको प्रभाव
चोरी औंलाको तल पट्टी गुरु पर्वत स्थित हुने भएका कारण यसलाई गुरु औंला पनि भन्ने गरिन्छ । सामान्यतया यही औंलाको आधारमा नै कुनै पनि ब्यक्तिको नेतृत्व क्षमता आँकलन गर्न सकिने समुन्द्र शास्त्रको दावी छ । यदि कुनै पनि ब्यक्तिको चोर औंला माझी औंला बराबर छ अर्थात केही लामो छ भने यस्ता ब्यक्ति नेतृत्वमा पुग्छन् । यिनीहरु राम्रा हाकिम पनि बन्न सक्छन् ।
यदि यो औंला सहित अन्य लक्षण पनि मिलेमा यस्तो ब्यक्तिले हजारौं मानिसमाथि राज गर्न समेत सक्छ ।
यदि चोरी औंला माझी औंला भन्दा पनि लामो छ भने त्यस्तो ब्यक्ति अत्याधिक घमण्ड गर्ने ब्यक्ति हुन्छ । यस्ता ब्यक्तिले अरुलाई गन्दै नगन्ने र तानाशाही स्वभावका पनि हुन्छन् । त्यसैगरी कुनै पनि ब्यक्तिको चोरी औंला सामान्य लम्बाइ भन्दा पनि छोटों भयो भने त्यस्ता ब्यक्ति कम महत्वाकाँक्षी हुन्छन् । यिनीहरुलाई नयाँ काम गर्न उत्साह देखिँदैन ।
यदि चोरी औंला अनामिका औंला भन्दा अग्लो छ भने यस्ता ब्यक्ति अत्याधिक महत्वाकाँक्षी हुन्छन् र कहिले काँहि अति उत्साहित भएर काम समेत विगार्छन् । यिनीहरुले समय समयमा धनको नाश समेत ब्यहोर्नु पर्छ ।यदि कुनै ब्यक्तिले अनामिका र चोरी औंलाको लम्बाइ बराबर भयो भने त्यस्ता ब्यक्ति अधिक पैसा कमाउने र मान सम्मान प्राप्त गर्ने हुन्छन् । यस्ता ब्यक्ति हरेक परिस्थितिमा सन्तुष्ट रहन्छन् ।
समान्यतया हाम्रो औंलामा तीन भाग हुन्छन् । तीन भागमा ब्यक्तिको स्वभाव अध्यन गर्न सकिने हस्तरेखा शास्त्रको दावी छ । यदि चोरी औंलाको पहिलो भाग (नङतिरको भाग) अन्य दुई भाग भन्दा बढी छ भने यस्ता ब्यक्तिको नेतृत्व क्षमता राम्रो हुन्छ । तर यो भाग अन्य २ भागको तुलनामा सानो छ भने त्यस्ता ब्यक्ति कमजोर हुन्छन् र यिनीहरुको हिनताबोध बढी हुन्छ ।
चोर औंलाको बिचको भाग ठूलो हुने ब्यक्ति अंहकारी हुन्छन् र यस्ता ब्यक्तिले दिएको काम दक्षतापूर्ण तरिकाले गर्छन् । यिनीहरुको घर र समाजमा राम्रो स्थान हुन्छ । तर यो भाग सानो छ भने त्यसको विपरित कुनै पनि काम दक्षतापूर्ण रुपमा गर्न सक्दैनन् । जुन ब्यक्तिको यो औंलाको तल्लो भाग अन्य भन्दा ठूलो हुन्छ यस्ता ब्यक्ति शारीरिकरुपमा बलिया हुन्छन् र बल देखाउन खोज्छन्

अम्बाको पात सेवन गर्दा हुने फाइदाको बारेमा जानिराखौँ

हाम्रै घर तथा वरपर पाईने कतिपय यस्तो चिजहरु जसको प्रयोग र फाइदाको बारेमा हामी अन्जान रहेका हुन्छौँ र सानो समस्यामा पनि केमिकल युक्त बजारमा पाईने औषधी सेवन गर्ने गर्छौँ । कतिपय घरेलु जडिबुटीले पनि धेरै किसिमका स्वास्थ्य समस्या समाधान गर्न सकिन्छ ।

आज हामी त्यहि जडिबुटीको रुपमा लिईने अम्बाको पातको बारेमा चर्चा गर्नेछौँ । अम्बा तपाइ हामी सबैलाई थाहा छ । हामी अम्बा निकै स्वाद लिएर खाने गर्छौँ तर त्यहि अम्बाको पात सेवन गर्नु पनि निकै फाईदा हुन्छ भन्ने हामी मध्ये कतिलाई थाहा नभएको हुनसक्छ । अम्बाको पात एन्टीअक्सिडेन्ट, एन्टीब्याक्टेरियल जस्ता गुुणले भरिएको हुन्छ । छाला, कपाल र स्वास्थ्यको लागि अम्बाको पातको प्रयोग निकै लाभदायक हुन्छ ।

अम्बाको पातबाट पाइने फाइदाहरु

– अम्बाको पातको रस निकालेर खानाले शरीरको तौल कम गर्न सकिन्छ ।
– मधुमेहका रोगीले अम्बाको पात सेवन गर्नु निकै लाभदायक हुन्छ ।
– अम्बाको पातको रस पिउने गर्नाले उच्च रक्तचाप कम हुन्छ ।
– पखाला लाग्दा अम्बाको पात खायौँ भने पखाला रोकिन्छ ।
– पाचन तन्त्रको तन्दुरुस्त राख्नको लागि अम्बाको पात लाभदायक मानिन्छ ।
-Internet Khabar bata

Monday, December 19, 2016

लोडसेडिङ हटाउन असहयोग गर्ने तीन सञ्चालक बर्खास्त



काठमाडौंः सरकारले लोडसेडिङ न्यूनिकरण अभियानमा अवरोध गर्ने नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकहरुलाई बर्खास्त गरेको छ।
ऊर्जा मन्त्रालयले सोमबारदेखि लागू हुने गरी लोडसेडिङ न्यूनिकरण अभियानमा अबरोध गर्ने प्राधिकरणका सञ्चालक समितिका सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई बर्खास्त गरिएको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए। शर्माले मन्त्रालयले उनीहरुसँग सोधेको स्पष्टिकरण चित्तबुझ्दो नआएको र राष्ट्रहितको काममा अबरोध पुर्याएकाले पदबाट बर्खास्त गरिएको बताए।
मन्त्री शर्माले भने,‘सरकारले मुलुकलाई लोडसेडिङ मुक्त बनाउन लोडसेडिङ न्यूनिकरण अभियान चलाइरहेका बेला उनीहरुले त्यो अभियानमा असहयोग गरेका थिए। मन्त्रालयले उनीहरुसँग स्पष्टिकरण सोधेको थियो। तर, उनीहरुको स्पष्टिकरण चित्त बुझ्दो नआएपछि बर्खास्त गरिएको हो।’
यसअघि ऊर्जा मन्त्री शर्माको निर्देशनमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यको अभियान देशभर चलाइरहेका बेला प्राधिकरणका सञ्चालकत्रय अग्रवाल, मिश्र र लामिछानेले अवरोध गरेका थिए।
अभियानमा अबरोध गरेपछि उनीहरुलाई ऊर्जा मन्त्रालयले स्पष्टिकरण सोधेको थियो।

Sunday, December 18, 2016

बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने तिन पक्राउ


दोलखा, पुस ३ – बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने तीन जनलाई दोलखा प्रहरीले पक्राउ गरेको छ । दोलखाको लामावगरकी दुई जना बालिकालाई गत मंसिर ३० गते राति १० बजे घरमा अभिभावक नभएका जवरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा उजुरी परेको थियो । 
प्रहरीले उजुरीका आधारमा गौरीशंकर–६ का २० वर्षे पासाङ शेर्पा, गौरीशंकर–४ का २० वर्षे पूर्णबहादुर ठकुरी र गौरीशंकर–८ का १८ वर्षे लाक्पा शेर्पालाई पुस १ गते पक्राउ गरेका दोलखाका प्रहरी निरीक्षक विनोद कुमार सुनुवारले जानकारी दिनुभयो । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
यसैगरी बहुविवाह गरेको आरोपमा एक दम्पतिलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरकोट नगरपालिका–१ की ३२ वर्षिया मन्जु खत्री र दोलखाको मिर्गे–३ का ४५ वर्षे सोमबहादुर खत्रीलाई बहुविवाह गरेको आरोपमा पक्राउ गरिएको हो । सोमबहादुरकी जेठी श्रीमति चमेली खत्रीले दिएको जाहेरी अनुसार पुस १ गते काठमाडौं कोटेश्वरबाट पक्राउ गरी बहुविवाह मुद्धा अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हलेसीतर्फ जाँदै गरेको जीप सुनकोसी नदीमा खस्दा ७ जनाको मृत्यु ।


काठमाडौंबाट खोटाङको हलेसीतर्फ जाँदै गरेको जीप आज, ३ पुस दिउँसो सुनकोसी नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ । सिन्धुलीको रत्नावती–३, सोखुखोला नजिकबाट बा १२ च ८८९७ नं को स्कारपियो जीप खस्दा ६ जनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ३ महिलासहित ७ जना छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक फुल्पिङकट्टि–७ का  ५० वर्षीय साङदोर्जे शेर्पा,  ५७ वर्षीय बाले शेर्पा, ५० वर्षीया निवुटी शेर्पा, सोही गाविस वडा नम्बर ९ की ५० वर्षीया सर्कीनी शेर्पा र जीप चालक लमजुङ समिभन्ज्याङका अन्दाजी ४० वर्षका झपटबहादुर गुरुङ छन् ।  काठमाडौं गोलढुङ्गाकी ६० वर्षीया टुकुली शेर्पाको उपचारका क्रममा मृत्यु भएको छ । उनको घुर्मीमा रहेको जनसेवा अस्पतालमा मृत्यु भएको हो । मृतक अर्का एकजनाको सनाखत हुन नसेको प्रहरीले जनाएको छ । जीपमा सवार ९ जनामध्ये सिन्धुपाल्चोककै दार्नर्बु शेर्पा बेपत्ता छन् । घाइते एक महिलाको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ । 

Saturday, December 17, 2016

विज्ञ भन्छन्ः ह्याप्पी बर्थ डे गाउँदै हात धुनुस्, रोगबाट बच्नुस् !

Add caption
विज्ञ भन्छन्ः ह्याप्पी बर्थ डे गाउँदै हात धुनुस्, रोगबाट बच्नुस् !
यी हुन् राम्रोसँग हात धुने ५ चर
तपार्इं दिनहुँ आफ्नो हात धुनु त हुन्छ नै तर हातमा रहेका ब्याक्टेरिया तथा अन्य संक्रमण फैलाउने किटाणुहरुलाई हटाउनका लागि कतिबेर सम्म हात धुनुपर्छ भन्ने चाहीँ सायद थाहा छैन ।

तर अब तपार्इंले एकपटकमा हात धुँदा कति समयसम्म मिच्नु आवश्यक हुन्छ भन्ने कुरामा चिन्ता गरिरहनु परेन । कसैको बर्थडेमा गाउने ह्याप्पी बर्थ डे टू यू बोलको गीत गाउँदै हात धुनुहोस्, टन्टै साफ ।

यो गित २ पटक गुनगुनाउँदासम्म तपाईंको हात पूरै सफा भइसक्छ । गीत २ पटकसम्म पूरै गुनगुनाउँदा झण्डै ४५ सेकेण्डको समय लाग्दछ । हात सही तरिकाले सफा हुनका लागि पनि यति नै समयसम्म धुनु आवश्यक हुन्छ ।

बेलायत सरकारको स्वास्थ्य मामिला सल्लाहाकार डाक्टर जिना रेडफोर्डले हात धुने यस्तो नयाँ काइदा सुझाएकी हुन् ।

उनी भन्छिन् , ‘यदि हात धुने समयमा ख्याल राखिएन भने यसले केवल संक्रमणकेा खतरा बढाउने मात्र होइन, प्रतिरोधी ब्याक्टेरियाकेा विकास गर्ने जोखिम हुन्छ ।’ उनका अनुसार एन्टीबायोटिक प्रतिरोधको समस्यालाई त पछि पनि हटाउन सकिन्छ तर सुरुमै हुने संक्रमण हटाउनु पहिले जरुरी छ ।

विश्व स्वास्थ्य संगठनमा संक्रमण रोकथामका लागि बनेको ग्लोबल युनिटका संयोजक डाक्टर बेनेडेटा एलिग्रेन्जी भन्छन्, ‘केवल अस्पतालमा मात्र होइन हाम्रो वरीपरी पनि प्रतिरोधक ब्याक्टेरिया रहेका छन्, जसका कारण ज्वरो तथा झाडावान्ताबाट मानिसहरु संक्रमित हुन्छन् ।’

यी किटाणुसँग लड्नका लागि सर्वप्रथम कसरी सही तरिकाले हात धुने भन्ने कुरा थाहा पाउनु आवश्यक हुने र बच्चा तथा बुढाबुढीलाई यो कुरा अझै महत्वपूर्ण हुने उनी बताउँछन् ।

प्यान अमेरिकी हेल्थ अर्गनाइजेसनका लागि साबुनपानीले हात धुनाले बच्चामा हुने झाडापखालालाई ५० प्रतिशतले कम गर्न सकिन्छ भने स्वासप्रस्वासको संक्रमण २५ प्रतिशतले घटाउन सकिन्छ । खासगरी दिसापिसाब गरिसकेपछि र खाना खानुअघि हात धुनु आवश्यक हुन्छ ।

हात धुने बानीले ज्वरो, रुघाखोकी र फूड प्वाइजनिंग जस्ता रोगबाट बचाउन सहयोग गर्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार सही तरिकाले हात धुने ५ चरण यी हुन्ः

१. सुरुमा चिसो वा तातो पानी आउने धाराको तल राखेर हात भिजाउनुहोस्, पखाल्नुहोस् ।

२. त्यसपछि हातमा साबुन लिएर हत्केलामा रगड्नुस् ।

३. हत्केलाको पछाडिको भाग तथा नाडीमा पनि कम्तिमा २० सेकेण्ड साबुन दल्नुहोस् । यति गर्दासम्म हातमा रहेका किटाणु मर्दछन् । र यति बेलासम्म तपार्इंले दुईपटकसम्म ह्याप्पी बर्थडे गुनगुनाइसक्नुभएको हुनेछ ।

४. त्यसपछि धाराको तल हात राखेर हातको साबुन पूरै पखाल्नुहोस् ।

५. अन्त्यमा हावामा हात सुकाउनुहोस् र सफा रुमाल तथा तौलियाले हात पुछ्नुहोस् ।

बीबीसीको सहयोगमा

फेसबुकले अस्मिता र सम्पत्ति खतरामा!

कमला (नाम परिवर्तन) लाई एउटा युवाको फेसबुकमा साथी बन्ने अनुरोध आयो। कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन्। युवा युरोपमा बस्ने नेपाली रहेछन्। उनले साथी बन्ने अनुरोड्ढ स्वीकारिन्। कमला र ती युवा फेसबुकमा साथी भए।
सरकारी सेवामा अधिकृत स्तरको जागिरे कमलासँग विस्तारै ती युवाको च्याट हुन थाल्यो। युवाको कुराकानी र प्रसंग चाखलाग्दा बन्दै गए। अविवाहित कमलालाई युवाको गफले मोहित बनाउँदै लग्यो। केही महिनाको अन्तरालपछि च्याटमै कमला र ती युवाको मित्रता प्रेममा परिणत भयो। अब दृश्यसहितको संवादमा कहिले युवाले त कहिले कमलाले दायर नाघ्दै गए। सामाजिक सञ्जालकै दृश्य संवादमा कमला र युवा दुबैले गोपनियता भन्ने केही बाँङ्की राखेनन्। तर, त्यती घनिष्टता अहिले कामलाका लागि जीवनकै ठूलो भुल साबित भएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
विवाहको मिति र समय पनि फेसबुकबाटै तय गरेका युवक अन्तर्राष्ट्रिय ठग भएको तथ्य सार्वजनिक भएपछि कमलाको दैनिकी तनावग्रस्त बन्यो।
कमलाजस्तै काठमाडौंकी अर्की एक महिला फेसबुकमा साथी बनेका युवाले अमेरिकाबाट पठाएको २० लाख रूपैयाँको उपहार लिन आठ लाख खर्च गरेकी छन्। तर उपहार हात पर्न सकेको छैन।ती युवाले उनलाई सुरूमा साथी बनाएर उनको व्यक्तिगत र पारिवारिक जानकारी लिएका थिए। उनलाई सबैभन्दा आकर्षक बस्तुकाविषयम सोधेर सोही बस्तु खरिद गरेको भन्दै फोटो पठाएका थिए।
उपहार पार्सल गरी पठाएको जानकारी दिएर बिदामा बसेका ती युवा उनले रकम पठाएको भोलिपल्टदेखिनै सामाजिक सञ्जालबाट हराए। उनलाई उपहार पठाउन लाग्ने भन्सार शुल्क भन्दै भारत र भैरहवाबाट फोन गरी रकम मागिएको थियो।
केही लाख खर्च गरेर लाखौंको सामग्री पाउने चाहनामा उनले आठ लाख गुमाएको अनुसन्धानमा खुलेको छ। 
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा फेसबुकलाई माध्यम बनाएर ठगिएका आधा दर्जन उजुरी परेका छन्। ब्युरोका अनुसार ठगिने सबै महिला छन्। अधिकांशलाई उपहारको लोभ देखाउर भन्सार र भाडाबापतको रकम भन्दै पैसा मागिएको छ। केही युवतीसँग भने अश्लील दृश्यसहित संवाद भएको उजुरी परेको ब्युरोले जनाएको छ।
'अमेरिका र युरोपबाटै गिरोहले धन्दा चलाएको देखिन्छ। भारत र नेपालमा रहेका गिरोहका सदस्य रकम लिने र फोन गर्ने कार्यमा जुटेको भेटियो,' ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले भने। उनका अनुसार धनाढ्य परिवारका गृहिणी गिरोहको पहिलो निसानामा परेका छन्। यस्तै केही जागिरे र कामकाजी महिलासमेत गिरोहबाट ठगिएको ब्युरोको अनुसन्धानमा देखिएको छ। 'हामीले एक हजार पाँच सयको हाराहारीमा युवती तथा महिला ठगिएको अनुमान गरेका छौं, निवेदन आउने क्रम जारी छ। ठगिएका केही महिला परिवारको प्रतिष्ठाका कारण सार्वजनिक हुन चाहेनन्,' सिलवालले भने।
ब्युरोमा परेको उजुरीअनुसार उपहारको लोभमा परी ठगिने महिलालाई अमेरिकामा रहेका युवाले उपहार पठाएको जानकारी दिएपछि आफू बिदामा रहने बताएका थिए। उनले उपहार पठाएको तेस्रो दिन भारतबाट कसैले फोन गर्दै उपहार महँगो भएको र भन्सारमा मिलाउने भन्दै रकम मागेको थियो। नेपालबाट पैसा पठाएको दोस्रो दिन भैरहवाबाट नेपाली युवाले फोन गरी थप रकम माग गरेका थिए। भैरहवामा रकम पठाएको दुई सातासम्म उपहार हात नपरेपछि महिला ब्युरोको सम्पर्कमा पुगेकी हुन्।
'हामीले ठग गिरोहको निर्देशनमा रकम पठाउन सघाउने दुईजनालाई पक्राउ गरेका छौं। सामाजिक सञ्जालमार्फत भएको कुराकानीका आधारमा व्यक्ति पहिचान र पक्राउ गर्न समय लाग्छ, अनुसन्धान जारी छ,' ब्युरोकी एसपी मिरा चौधरीले भनिन्। उनले यस्तै प्रकारको ठगीको घटना केही महिनाअघि मकवानपुरमा समेत भएको बताइन्।
ब्युरोले मंसिर २३ मा एक महिलाको उजुरीपछि ललितपुर सुन्धाराका अनिलनाथ श्रेष्ठ र काठमाडौं बनस्थलीकी अनीता महर्जनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। दुवैले ठगिने महिलाले पठाएको रकम व्यवस्थापन गर्न सघाएको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

Saturday, December 10, 2016

सुजातालाई बचाउन प्रमोद खरेल देखि मनोज गजुरेलसम्मको हातेमालो

वानेश्वरको गेष्ट हाउसमा बसेर सुजाताको उपचार गराइरहेका छौं, हप्तामा दुई–तीनपल्ट रगत दिइरहनुपर्छ उसलाई,’ सुजाताका बुबा राजकुमार सुवेदीले भावुक हुँदै भने, ‘चिकित्सकको भनाई अनुसार २५ लाख रुपैयाँजति खर्च हुने देखिन्छ । गरिब मान्छे त्यत्रो पैसा कहाँबाट ल्याउँने । कलाकारहरुको अभियानले आशा देखाएको छ ।’गायक प्रमोद खरेलको पहलमा प्लास्टिक एनिमियाबाट पिडित बनेकी झापा पृथ्वीनगरकी सुजाता सुवेदीको जीवन रक्षाका लागि सहयोग जुटाउने अभियानमा शुरु भएको छ ।
उनीसँगै हाँस्य कलाकार मनोज गजुरेल र नेपाली कांग्रेस युवा नेता विश्वप्रकाश शर्मा पनि सहयोग जुटाउन खटिएका छन् ।
२२ वर्षिया सुजाता सुवेदी यतिबेला काठमाडौं, बानेश्वरको सिभिल अस्पतालको शैयामा छट्पटाइरहेको र उनलाई सक्दो सहयोग गर्न उनीहरुले आफ्ना फ्यानलाई सामाजिक संजाल फेसबुकमार्फत पनि आग्रह गरिरहेका छन् ।
‘वानेश्वरको गेष्ट हाउसमा बसेर सुजाताको उपचार गराइरहेका छौं, हप्तामा दुई–तीनपल्ट रगत दिइरहनुपर्छ उसलाई,’ सुजाताका बुबा राजकुमार सुवेदीले भावुक हुँदै भने, ‘चिकित्सकको भनाई अनुसार २५ लाख रुपैयाँजति खर्च हुने देखिन्छ । गरिब मान्छे त्यत्रो पैसा कहाँबाट ल्याउँने । कलाकारहरुको अभियानले आशा देखाएको छ ।’
सुजातालाई सहयोग गर्न चाहनेले उनको बुबा राजकुमार सुवेदीको नाममा रहेको एनआइसी बैंकको खाता नम्बर : ४९५४४९२३३७५२४००१ सहयोग गर्न सकिने गायक खरेलले बताए ।
                        यो खबर हामीले रंग खबर,  बाट साभार गरेका हौ

आफ्नो मोबाइल फोन मा पोर्न हेर्ने गर्नुहुन्छ सबधान!






इन्टरनेट पोर्न हेर्ने मानिसहरुको संख्या तिव्र रुपमा बढिरहेको छ । कम्प्युटर तथा ल्यापटपका अलावा स्मार्टफोनबाट पनि धेरै मानिसहरु इन्टरनेटमा जोडिएका छन् ।

सोही कारण मोबाइलमा पोर्न हेर्ने मानिसहरुको संख्या बढिरहेको छ । अब कैयन् एपहरुबाट पनि पोर्न हेर्न सकिने भएको छ । मानिसहरु केवल गुगल प्ले स्टोरमा उपलब्ध एप्सको माध्यमबाट मात्र होइन ब्राउजरमै विभिनन वेबसाइट सर्फ गरेर पनि पोर्न हेर्ने गर्छन् ।

पोर्न हेर्ने कुरा पूर्ण रुपमा निजी मामिला हो । पोर्न सामाग्री हेर्नबाट रोक्ने कानूनी व्यवस्था हामीकहाँ खासै छैन । तथापि इन्टरनेट पोर्न हेर्दा ठूलै होसियारी अपनाउनुपर्छ । अझ आफ्नो एन्ड्रोइड स्मार्टफोनबाट त सकेसम्म इन्टरनेट पोर्न नहेर्दा राम्रो हुन्छ । आखिर स्मार्टफोनबाट इन्टरनेट पोर्न किन हेर्नुहुँदैन त ? कारण यस्ता छन्ः

अवैध भ्यालु एडेड सर्भिसः  धेरैजसो पोर्न सामाग्री अनलाइनमा सित्तैमा पाइन्छ । तर यस्ता सित्तैमा पोर्न सामाग्री कहिलेकाहीँ तपाइँलाई महंगो सावित हुनसक्छ । लोकप्रिय पोर्न वेबसाइटहरुले गैरकानूनी ढंगले भ्यालू एडेड सर्भिस जोडेर पैसा कमाउने दाउमा हुन्छन् । यसको मतलब यो हो की जब तपाइँ कुनै वेबसाइटमा आफ्नो स्मार्टफोनमा खोल्नुहुन्छ तब भ्यालु एडेड सब्सक्रिप्सन गोप्य रुपमा आफै एक्टिभेट हुनसक्छ । यसमा राशिफल, ड्रिम गर्ल प्याक जस्ता सब्सक्रिप्सन हुन्छन्, जो आफै एक्टिभेट हुन्छन् । यस्ता सर्भिसले दिनगन्ती तथा महिनावारी हिसाबले तपाइँको मोबाइलको पैसा काट्दछन् ।

पोर्न टिकरः यो एन्ड्रोइडको पूरानो समस्या हो । यो वास्तवमा लोकप्रिय एपको नक्कली भर्सन हो तर हेर्दा सक्कली जस्तै देखिन्छ । यदि तपाइँले एन्ड्रोइड मोबाइलमा पोर्न हेर्नुभयो र त्यसपछि प्ले स्टोरबाट लोकप्रिय गेम्स डाउनलोड गर्नुभयो भने पोर्न टिकर आफै पपुलर गेम्सको रुपमा नक्कली पेश गरिदिन्छ । जब त्यसमाथि ट्याप गरिन्छ तब स्मार्टफोनमा भाइरस डाउनलोड हुन्छ ।

सेक्योरिटी तथा प्राइभेसीमाथि खतराः जुन एन्ड्रोइड स्मार्टफोनमा तपाइँले आफ्नो मुख्य जिमेल आइडी लगइन गर्नुहुन्छ त्यस्तो स्मार्टफोनमा पोर्न हेर्नु खतरनाक सावित हुन्छ । ह्याकरहरुले तपाइँको स्मार्टफोनको सुरक्षा तथा गोपनीयतामा खतरा उत्पन्न हुनसक्छ ।

फिरौति माग्ने भाइरसः  पोर्न साइटमा केही यस्ता भाइरस पनि हुन्छन् जसले तपाइँको डिभाइसलाई लक गरिदिन्छन् र अनलक गर्नका लागि फिरौति माग्दछन् । आजकल यस्ता घटना धेरै देखिइरहेका छन् । एकचोटी तपाइँ फस्नुभयो भने तपाइँको डिभाइसमा भएका डाटा ह्याकरको हातमा पुग्दछन् । ह्याकरले फिरौति लिइसकेपछि पनि तपाइँको डिभाइस अनलक गरिदिन्छ र डाटा फिर्ता गर्छ भन्ने ग्यारेन्टी हुँदैन।
                                                                 अनलाइनखबर मा प्रकाशित

हर्दिक श्रद्धाञ्जली ।।हस्य कलाकार तथा गायक ( लाजालाम) रुद्र प्रसाद भट्टराई को निधन

तितोसत्य का हस्य कलाकार (लाजालाम) आर्थत  रुद्र प्रसद भट्टराई  को निधन भयेको छ ।
उच्च रक्तचाप ,मधुमेह  का पिडित रुद्र को बिराटनगर मा निधन भयेको थियो ।

Saturday, December 3, 2016

छाक टार्न मुसा सिकार !

१९ मंसिर, मोरङ । मुसाको बिज्याईबाट दिक्क नहुने सायदै कम होलान् । त्यस्तै फटाइँ गर्ने मुसालाई मारेर तरकारीको रुपमा छाक टार्ने तराईको केही जाति विशेष समुदायको पुरानै चलन हो ।
उनीहरु मुसाको मासु तरकारीको रुपमा खाने गर्छन् । मुसालाई आहार बनाउनकै लागि धेरै मेहनत गर्छन् । परम्पराकै रुपमा ती समुदायले मुसाको सिकार गर्छन् ।
सीमान्तकृत तथा अति विपन्न समुदायका मानिस मासु खाने प्रयोजनका लागि मुसाको सिकार गरेर तरकारीको गर्जो टार्ने गरेको पाइन्छ ।
गहुँ छर्ने तयारी भइरहेका खेतमा उनीहरु जान्छन् र मुसाको दुलो पत्ता लगाएर मुसो भएसम्म खनेर मार्छन् । मोरङको पथरी शनिश्चरेका सन्थाल जातिका पल्टाराम मुर्मु, गोपीलाल मुर्मु र पञ्चु हस्दा मुसा सिकारको खोजीमा शिशवनी जहदाबाट जिल्लाका विभिन्न ठाउँका खेतमा मुसाको दुलो खोल्नेकाम उनीहरुको दिनचर्या जस्तै हो ।

उनीहरु दोहलु, सिरिसे, बयवन, रिगुवा, शनिश्चरे, कीर्तिपुरलगायत क्षेत्रका खेतमा मुसा मार्दै दिन बिताउने गर्छन् । मुसाको परिकार मीठो हुने भएकाले खाली समयको सदुपयोग गर्न मुसाको सिकारमा आएको पल्टा मुर्मुको भनाइ छ ।
तराईवासी सन्थालसहित, बाँतर र ऋषिदेव समुदायका मानिस मुसा मासु खाने प्रयोजनका लागि मुसालगायत स्याल, खरायो, वनबिरालो र न्याउरी मुसाको सिकार गर्ने गरेको पल्टाराम मुर्मुको भनाइ छ । विशेष गरी मङ्सिर, पुस, माघ, फागुन, चैत, वैशाखमा आफूहरुले विभिन्न सिकार गर्ने गरेको पथरी शनिश्चरे–११ का पञ्चु हस्दाको भनाइ छ ।
मुसाले खेतमा खनेको मलिलो माटो हेरेर आफूहरुले मुसाको दुलो पत्तो लगाउने गरेको हस्दाको भनाइ छ । यस्तै दोहलुकाका झङ्ग्राहा ऋषिदेवसमेत आफ्ना २ जना नातीसंगै मुसाको सिकारमा हिडने गर्दछन ।
बजारमा बिक्री हुने माछा मासु अत्यन्त महंगो भएकाले छाक टार्न मुसा मार्न आएको झङग्राहा ऋषिदेवको भनाई छ । मुसाको सिकार गर्ने परिपाटिले एकातिर अन्नबालीको सुरक्षा त हुन्छ नै अर्कोतर्फ विपन्न समुदायका मानिसहरुले पोषणयुक्त आहारा समेत पाउने गरेको मुसाका सिकारीहरुको भनाई छ ।

Mukteshworonline: आज विवाह पञ्चमी, जानकी मन्दिरमा विशेष कार्यक्रम

Mukteshworonline: आज विवाह पञ्चमी, जानकी मन्दिरमा विशेष कार्यक्रम: १९ मंसिर,  । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ ।...

आज विवाह पञ्चमी, जानकी मन्दिरमा विशेष कार्यक्रम

१९ मंसिर,  । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ ।
Add caption
जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ ।
रामायणमा वर्णन भएअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा देवी देवताको समेत उपस्थिति थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।
सो महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक व्यवस्थाअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।
रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । त्यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।
रङ्गभूमि मैदानमा वर र कन्यापक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।
तिरहुतियागाछीमा मनाइने सो महोत्सव एक दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ ।
देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । उक्त महोत्सव पहिले जनकपुरमा एक महिनासम्म मनाउने गरिएकामा अहिले चार दिनमात्र मनाइन्छ ।
यस अवसरमा आज देशभरका राम मन्दिरमा पनि विवाह महोत्सव मनाइन्छ ।
२०७३ मंसिर १९ गते ९:२७ अनलाइनखबरमा प्रकाशित

Friday, December 2, 2016

बेडमा बसेर एक महिलासँग अंकमाल गरेको रामदेवको तस्बिर भाइरल


भारतका प्रसिद्ध योग गुरु रामदेव एक महिलासँग बेडमा बसेर अंकमाल गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ ।
योग गुरु रामदेवसँग बसेकी महिला आपत्तिजनक अवस्थामा नरहेपनि दुई बीचको तस्बिर सामान्य अवस्थाको हैन भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरेका छन् । नेपाली महिलासँग खिचिएको यो तस्बिर बेड रुममा खिचिएको भएकाले पनि शंकास्पद मानिएको छ ।
एक योग गुरु जो सुकैसँग मिल्न सक्ने भएपनि नेपाल र भारतमा नै सामान्य नलिइने गरी महिलालाई समाएको दृश्यले शंका उब्जाएको हो ।भारतका प्रख्यात योगीहरुको यस्तो रासलिला धेरै आउने गरेका छन् । तर योग गुरु रामदेवको यस्तो प्रकृतिको तस्बिरलाई गम्भिरतापूर्वक लिनुपर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताको भनाई छ ।
यो खबर अन्नपुर्ण पोस्टको हो ।

तामाकोसी सुरुङ मार्ग सम्पन्न

माथिल्लो तामाकोसी सुरुङ मार्गबाट दोहोरो सवारी साधन चलाउन सकिने गरी बुधबार ब्रेक थ्रु (सम्पन्न) भएको छ ।
माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनीले सञ्चालन गरेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय केन्द्रसम्म मोटर पुर्‍याउन उक्त सडक निर्माण गरिएको हो । उक्त सुरुङ निर्माण पाँच महिनामा पूरा गरेको हो । सुरुङ मार्ग नेपाल–चीन जोड्ने सबैभन्दा छोटो मार्ग हुन सक्ने गरी बनाइएको छ ।
तिब्बत जोडिने योजनाको लामाबगरस्थित सडकको ३ सय ३७ मिटर लामो सुरुङ मार्गको ब्रेकथ्रु भएपछि मोटर लामाबगरसम्म सहजै पुग्ने भएको छ । ‘एक महिना कामले गति लिन सकेन,’ कम्पनीका प्रवक्ता गणेश न्यौपानेले भने, ‘लगभग चार महिनाको लगातार कामले सुरुङ मार्गको ब्रेक थु्र भयो ।’ उनले नेपालको यो पहिलो सुरुङ मार्ग भएको बताए । करिब ११ करोड ५० लाख रुपैयाँ खर्चमा निर्माण भएको सुरुङमा साना सवारी साधनहरू दोहोरो गुड्न सक्छन् । ठूला सवारीलाई भने ठाउँठाउँमा साइड दिनेगरी मिलाइएको छ । उक्त सडक मार्ग दोलखा सदरमुकाम चरिकोटबाट ५७ किलोमिटरमा चीनको सीमा क्षेत्रमा पर्छ । ०७२ साल वैशाखमा गएको भूकम्पले उक्त सडकमा क्षति पुर्‍याएपछि आयोजनाले सुरुङ मार्ग निर्माण गरेको हो ।

आयोजनाले जलाशय केन्द्रबाट चीन जोड्नका लागि पनि करिब ६ सय मिटरको अर्को सुरुङ मार्ग बनाउने योजना अघि सारेको छ । त्यहाँबाट चीन जोडन करिब ३० किलोमिटर सडक आवश्यक पर्छ ।

समाचार श्रोत कन्तिपुर

सेनाले विमानस्थल बनाउने

विपत् वा अन्य प्राविधिक कारणले त्रिभुवन विमानस्थल बन्द हुने अवस्था आए वैकल्पिक रूपमा प्रयोग गर्न मिल्ने
नेपाली सेनाले आपतकालीन अवस्थामा प्रयोगमा ल्याउने गरी सिन्धुलीको चारनाथ भिमानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ । मुलुकमा अप्ठ्यारो पर्दा अत्यावश्यक हवाई सेवा सुचारु गर्न सेनाले वैकल्पिक विमानस्थल निर्माण योजना बनाएको हो ।
विपत् वा अन्य प्राविधिक कारणले त्रिभुवन विमानस्थल बन्द हुने अवस्था आए वैकल्पिक रूपमा प्रयोग गर्न मिल्ने गरी विमानस्थल बनाउन लागेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले जनाए । उनका अनुसार विमानस्थल बनाउने भनिएको क्षेत्रमा हाल सेनाले हवाई जम्पलगायत विभिन्न प्रशिक्षण दिँदै आइरहेको छ । भिमानमा सेनाको करिब ४ सय १५ बिघा जमिन छ ।
विमानस्थल बनाउन लागिएको दक्षिणी भागमा खिम्ती–ढल्केवर प्रसारण लाइन छ । उक्त प्रसारण लाइन पूर्वी भागबाट बिजुली काठमाडौं ल्याउन, माथिल्लो तामाकोसीलगायत आयोजनाको बिजुली पूर्वमा लान र भारतबाट आयात हुने बिजुली काठमाडौं ल्याउन निर्माण गरिएको हो । प्रसारण लाइन नहटाउने गरी सेनाले उत्तरतर्फको ३० बिघा सरकारी जग्गा लिने तयारी गरेको छ । ‘उत्तरतर्फको जग्गा प्राप्त भयो भने निर्माण कार्य सहज रूपमा अघि बढ्छ,’ प्रवक्ता कार्कीले भने । उनले ३० बिघा जग्गा प्राप्तिका लागि गृहकार्य भइरहेको जनाए ।
भौगोलिक स्थितिका कारण त्यहाँ बन्ने विमानस्थलबाट मध्यमस्तरका विमान मात्र अवतरण र उडान सम्भव हुन्छ । ठूला विमानलाई भने वरिपरिका चुरे डाँडाले अवरोध गर्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ । ‘यसका प्राविधिक पक्ष अध्ययन हुन बाँकी छन्,’ कार्कीले भने । निर्माण प्रक्रिया अघि बढिरहेको र विस्तृत इन्जिनियरिङ अध्ययनपछि निर्माणको लागत यकिन हुने उनले बताए । एक वर्षअघि टर्किस एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलको रनवेमा बिग्रँदा अन्तर्राष्ट्रिय उडानहरू अवरुद्ध भएका थिए । वैकल्पिक विमानस्थल नहुँदा नेपाली आकाशमा समस्या परेका बेला हाल अन्तर्राष्ट्रिय विमानहरू रि–रुट गरी भारतको पटनालगायत विमानस्थल पुर्‍याइन्छ ।

सुनजस्तै पदार्थ भेटिएपछि मेलम्चीको काम रोकियो


मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स स्थान अम्बाथानमा पहाड खन्दा ढुंगामा मिसिएको पहेँलो पदार्थ फेला परेको छ । स्थानीयले सो पदार्थलाई सुन हुन सक्ने आशंका गरेका छन् ।

हेडवक्र्सको काममा रहेका इटालियनले पहेँलो कण मिसिएको ढुंगालाई लुकाएर धमाधम झोलामा हाल्न थालेपछि विषय बाहिर आएको हो । इटालियन कामदारले पहेँलो रंगका ढुंगा झोलामा हालेपछि स्थानीयले सुन भेटिएको हल्ला चलाएका थिए । सुन भएको पहाड खन्न पाइँदैन भन्दै अम्बाथानवासी हेडवक्र्स स्थानमा पुगेपछि खानेपानीको हेडवक्र्स साइटको काम रोकिएको छ । त्यस्तो पहेँलो पदार्थ अम्बाथानवरिपरि धेरै ठाउँमा पाइने गरेको स्थानीयले बताए । सुनजस्तै पहेँलो पदार्थ फेलापरेपछि हेडवक्र्सको पहाड खन्ने काम शुक्रबारदेखि बन्द भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
स्थानीयको एक समूहले सुनको पहाड नखन्न भनेपछि खानेपानी आयोजनाले सो स्थानमा काम बन्द गरेको मेलम्ची खानेपानी बोर्डका इन्जिनियर लक्ष्मण रायमाझीले जानकारी दिए । ‘स्थानीयले दबाब दिन थालेपछि हेडवक्र्सको पहाड खन्ने काम रोकेका छौँ,’ उनले भने । पहेँलो पदार्थ मिश्रित ढुंगा परीक्षणका लागि काठमाडौं ल्याइसकेको उनले बताए । परीक्षणको लागि ढुंगाको स्याम्पल खानी तथा भूगर्भ विभागमा पठाउन लागेको उनले जनाए । आजको नयाँपत्रिकामा खबर छापिएको छ ।

सुन हो वा अन्य धातु हो भन्ने पत्ता लाग्न आइतबारसम्म कुर्नुपर्ने उनले प्रस्ट्याए । ‘हेडवक्र्समा कुनै उपकरण नभएकोले हामीले केही भन्न सकेनौँ,’ उनले भने, ‘तर, हाम्रो विचारमा त्यो पदार्थ सुन नहुन सक्छ ।’ ढुंगामा बालुवाको लेयर फेला परेको हेडवक्र्समा कार्यरत इन्जिनियरको बुझाइ छ । हेडवक्र्स साइटमा सुरक्षा व्यवस्था कडा पारिएको मेलम्ची खानेपानी आयोजनाको सुरक्षा विभाग हेरिरहेका भूपू डिएसपी होमजंग चौहानले जनाए

Sunday, November 27, 2016

काठमाडौंमा शक्तिशाली भूकम्पको धक्क महसुस

१३ मंसिर, काठमाडौँ।
आज (सोमबार) बिहान ५ बजेर १९ मिनेट जाँदा काठमाडौंमा शक्तिशाली भूकम्प महसुस भएको छ। मानिसहरु घर बाहिर निस्केका छन्।
पुरा विवरण आउन बाँकी।

Saturday, November 26, 2016

पूर्व-पश्चिम रेलमार्गको ‘डिपीआर’ सक्नै दुई वर्ष लाग्ने

mechi-mahakali-train-proposed-plan
१२ मंसिर, काठमाडौं । नेताहरुले अब पूर्वपश्चिम रेलमा सरर… भनेर जनतालाई सपना बाँड्न थालेको धेरै भइसक्यो । तर, रेलमार्ग बन्नु त धेरै परको कुरा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न नै ढिलासुस्ती भइरेको छ ।
सन् २००८ बाट नै पूर्वपश्चिम रेलमार्गको अवधारणा बनाएर काम सुरु भएको थियो । तर, रेलमार्ग निर्माणको कार्यले गति लिन सकेको छैन । र, यहि गतिमा काम हुने हो भने अध्ययन सक्न नै अझै २ वर्षभन्दा बढी लाग्ने देखिएको छ ।
९ सय ४५ किलोमिटरको पूर्व-पश्चिम रेलमार्गलाई जम्मा नौ खण्डमा विभाजन गरिएको छ । जसमा चार खण्ड पश्चिम र तीन खण्ड पूर्वमा पर्छ । यसमा थपिने सहायक रेलमार्गहरुलाई जोड्दा १ हजार ३७६ मिलोमिटर हुनेछ । तर, मूल खण्डहरुकै डीपीआर सकिएको छैन भने कतिपय सहायक रेलमार्गहरुबारे पनि अध्ययन गर्ने मात्र भनिएको छ ।
पूर्वी खण्डको अध्ययन तीव्र
३ महिना अघि नै टेण्डर प्रक्रिया टुंग्याएको सरकारले इनरुवादेखि काँकडभिट्टासम्मको खण्डमा डीपीआर तयार गर्ने काम तीव्र बनाएको छ । डिपीआर तयार गर्ने जिम्मा पाएको सोसुम-दोहाकर्ण-सिल्टले जोइन्टभेन्चरले जिपीएस सर्भे गरिरहेको छ ।
यसपछि डिटेल इञ्जिनियरिङ सर्भे हुनेछ । यही कम्पनीले इटहरीबाट बिराटनगरसम्मको अर्को खण्डको पनि डीपीआर बनाउने जिम्मा पाएको छ । अब सो खण्डमा आवश्यक अध्ययन गरेर वातावरणीय प्रभाव मूल्यांकन -ईआए) प्रतिवेदन पनि तयार गरिने रेल्वे विभागमा महानिर्देशक अनन्त आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।
‘अबको एक वर्षभित्र पूर्वतर्फ मेचीसम्मकै विस्तृत परियोजना प्रतिवेदन तयार हुन्छ,’ महानिर्देशक आचार्यले भने, ‘यो सँगै हामी पश्चिमतर्फको डिपीआरका लागि पनि केही समयपछि काम थाल्दैछौं ।’
३० किलोमिटर निर्माण हुँदै
रेल्वे विभागले बर्दिबासदेखि लालबन्दीसम्मको ३० किलोमिटर रेल्वेमार्ग निर्माणको काम गरिरहेको छ ।
विभिन्न स्थानमा कल्भर्ट तथा पुल बनाउने लगायतका काम भइरहेको छ । रेलमार्गको निर्माणको काम अघि बढाउन यो वर्ष झण्डै डेढ अर्ब बजेट छुट्याएको छ । झण्डै ७० करोड रुपैयाँ मुआब्जा वितरणमा खर्च गरिनेछ भने ७० करोड रुपैयाँ बराबरको रकम रेलमार्ग निर्माणमा उपयोग हुनेछ । कुल बजेटको २ अर्ब मध्ये बाँकी रकम अध्ययनमा लाग्नेछ ।
पश्चिमतर्फ डिपीआरको तयारी
पश्चिममा बुटवलसम्मको डिपीआर तयार भइसकेको छ । अहिले बुटवलदेखि कोहलपुर र कोहलपुरदेखि पश्चिम क्षेत्रको रेल्वे मार्गका लागि डिपीआर तयार गर्न प्रस्ताव आह्वान गरिएको छ र कम्पनी छनोटको अन्तिम तयारी भइरहेको छ ।
महानिर्देशक आचार्यका अनुसार टेण्डर प्रक्रिया टुंगिएपछि १५ महिनाभित्र पश्चितर्फको सबै खण्डको पनि डिपीआर तयार हुनेछ । अबको करिब २ वर्षभित्र पूर्वपश्चिम रेलमार्गको सबै भागको डिपीआर तयार गरेर सकिने उनले बताए ।
मध्यको खण्डको विवाद कायमै छ । पूर्व-पश्चिम रेलमार्गको मध्य खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार पर्ने काम त सकिएको छ । तर, त्यो काम नलाग्ने देखिएको छ । विचको खण्डले सिमराबाट पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज हुँदै नवलपरासी जोड्ने छ ।
तर, आरक्षण र राष्ट्रिय निकुञ्ज परेकाले के गर्ने भन्ने अन्यौल छ । निगजढबाट हेटौंडा ल्याएर भरतपुर हुँदै नवलपरासी जोड्ने विकल्पबारे पनि छलफल चलिरहेको छ । तर, यसबारे औपचारिक निर्णय हुन सकेको छैन ।
रेल्वेलाई सरकारकै असहयोग !
सन् २००८ देखि नै पूर्वपश्चिम रेलमार्गको अवधारणा बनाएर काम सुरु भए पनि निर्माणको कामले भने जनअपेक्षा र सरकारको लक्ष्यअनुसार गति लिन सकेको छैन । रेलवे विभागका महानिर्देशक आचार्यले भने, ‘विभिन्न सरकारी निकायले अवरोध सिर्जना गरिरहेका छन् । अध्ययन सक्न अझै २ वर्ष लाग्ने देखिएको छ ।’
रेल्वे विभागका अधिकारी यसमा सरकारको नीतिगत अस्पष्टता र सरकारी निकायकै असहयोगलाई प्रमुख कारण मान्छन् । प्रमुख रुपमा वन मन्त्रालयले रेलमार्ग विस्तारमा बाधा सिर्जना गरिरहेको विभागको आरोप छ ।
अनलाइनखबर मा प्रकाशित