Monday, December 19, 2016

लोडसेडिङ हटाउन असहयोग गर्ने तीन सञ्चालक बर्खास्त



काठमाडौंः सरकारले लोडसेडिङ न्यूनिकरण अभियानमा अवरोध गर्ने नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकहरुलाई बर्खास्त गरेको छ।
ऊर्जा मन्त्रालयले सोमबारदेखि लागू हुने गरी लोडसेडिङ न्यूनिकरण अभियानमा अबरोध गर्ने प्राधिकरणका सञ्चालक समितिका सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई बर्खास्त गरिएको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए। शर्माले मन्त्रालयले उनीहरुसँग सोधेको स्पष्टिकरण चित्तबुझ्दो नआएको र राष्ट्रहितको काममा अबरोध पुर्याएकाले पदबाट बर्खास्त गरिएको बताए।
मन्त्री शर्माले भने,‘सरकारले मुलुकलाई लोडसेडिङ मुक्त बनाउन लोडसेडिङ न्यूनिकरण अभियान चलाइरहेका बेला उनीहरुले त्यो अभियानमा असहयोग गरेका थिए। मन्त्रालयले उनीहरुसँग स्पष्टिकरण सोधेको थियो। तर, उनीहरुको स्पष्टिकरण चित्त बुझ्दो नआएपछि बर्खास्त गरिएको हो।’
यसअघि ऊर्जा मन्त्री शर्माको निर्देशनमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यको अभियान देशभर चलाइरहेका बेला प्राधिकरणका सञ्चालकत्रय अग्रवाल, मिश्र र लामिछानेले अवरोध गरेका थिए।
अभियानमा अबरोध गरेपछि उनीहरुलाई ऊर्जा मन्त्रालयले स्पष्टिकरण सोधेको थियो।

No comments:

Post a Comment